म्याग्दीको घारखोला जलविद्युत आयोजनामा पहिरो, एकको मृत्यु
पोखरा/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
मृतकमा विद्युतगृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल रहेका छन्...
सहज बन्दै चुलो
म्याग्दी/बेनीमा खाना पकाउने एलपी ग्याँसको आपूर्ति विस्तारै सहज भएको छ । पछिल्लो समय चलेको इरान–अमेरिका युद्धका कारण उपभोक्ता समस्यामा परिरहेका बेला स्थानीय प्रशासनको समन्वयमा ग्याँस वितरण गर्न थालिएपछि उपभोक्तालाई सहज भएको हो ।
म्याग्दी उद्योग...
विद्यालय तहका बालबालिकालाई सचेतना
म्याग्दी/विद्यालय तहमा अध्ययनरत बालबालिकालाई बालबिबाह, बाल यौन दुव्र्यवहार र यस सम्बन्धमा रहेका कानुनी व्यवस्थाबारे सिकाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पश्चिम म्याग्दीको केबी एकेडेमी एन्ड बोर्डिङ स्कुलका कक्षा ८,...
पुग्न कठिन चर्चित भालेबास्ने ताल
म्याग्दी/नेपालका विद्यालय तथा लोकसेवा आयोगका सामान्य ज्ञानका पुस्तक पल्टाउने जो कोहीले पढेका हुन्छन् भाले बास्ने ताल कहाँ पर्छ ? अन्य जिल्लाकालाई ज्ञान कम हुनु स्वभाविक हो तर जुन जिल्ला तथा सम्बन्धित स्थानीय तहमै रहेका...
म्याग्दीमा ४० जनाको डाइलाइसिस हुँदै
म्याग्दी/ सदरमुकाम बेनीस्थित प्रदेश अस्पताल बेनीमा मिर्गौलाका बिरामीहरु ४० जनाले डाइलाइसिस सेवा लिइ रहेका छन् । २०७६ देखि ६ वटा मेसिनबाट सेवा प्रवाह गरिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारबाट प्राप्त थप ३ मेसीनको मद्दतमा अहिले...
नामले चर्चित तर ओझेल परेको गन्तव्य
म्याग्दी/ भालेबास्ने ताल कहाँ पर्छ ? सामान्य ज्ञानको पुस्तकको पाना पल्टाउँदा थाहा पाइहालिन्छ की यो ताल म्याग्दीमा छ ।
लोकसेवा आयोगको परीक्षामा सहभागी हुनेले यसबारे थाहा पाउने नै भए । तर बिडम्बना, नाम पढ्नेको संख्या...
कीर्तिमानी यात्रामा हिमपहिरो
म्याग्दी/पाकिस्तान र चीनको सीमामा रहेको विश्वकै १२ औं अग्लो शिखर ब्रोड पिकमा बेला बेलामा हिमपहिरो आइरहन्थ्यो । मानवीय क्षति नहुँदा आउने हिमपहिरोको त्यही चर्चा हुदैनथ्यो, नेपालमा हुने कुरै भएन । बिहीबार बिहान आएको हिमपहिरोले...
मालिका गाउँपालिकाको ७७.४२ प्रतिशत बजेट खर्च, १५९ योजना सम्पन्न
म्याग्दी/ जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ८३ मा विनियोजित बजेटको ७७.४२ प्रतिशत खर्च गर्दै अधिकांश विकास योजना सम्पन्न गरेको जनाएको छ ।
गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा कुल ५१ करोड ३८ लाख २८...
म्याग्दीको गलेश्वरमा घटे भक्तजन
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा रहेको गलेश्वर धाममा यस वर्षको साउन महिनामा भक्तजनको चहलपहल कम देखिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र गलेश्वरमा वृहस्पति अन्ध रहेको अवधिमा शुभ कार्य गर्न नहुने भन्ने...
म्याग्दीमा पहिरोले दुइ घर पुरिए, १ जनाको मृत्यु
म्याग्दी/जिल्लाको दुई स्थानमा गएको पहिरोले २ घर पुरेको छ । घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा पशुचौपाया पुरिँए पनि एकिन तथ्यांक भने आइसकेको छैन ।
आइतबार रातीको वर्षापछि आएको बाढीले बेनी नगरपालिका–३...